आश्चर्यजनक घृणित कार्य : जसले सय महिलाका शव बलात्कार गरे


२१ कार्तिक २०७८, आईतवार
shab balatkari FogJTywvBD

काठमाडौं, २१ कात्तिक । इङल्याण्डको पूर्वी ससेक्स राज्यमा एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ । त्यहाँको हेथफिल्ड सहरमा घृणित कार्य गरेको ३४ वर्षपछि दोषीलाई कारबाही हुन लागेको हो ।

sab balatkari S8eiteUF7i
अभियुक्त डेभिड फुलर : अपराध गर्ने बेला र सजाय पाउने बेला।

महिलाको शव बलात्कार गरेको अभियोगमा हाल ६८ वर्ष उमेरका डेभिड फुलरलाई अदालतले दोषी ठहर गरेको हो । सजाय सुनाउन भने बाँकी छ । इङल्याण्ड प्रहरीका अनुसार उनले १२ वर्षसम्म शव गृहमा रहेका महिलाको शव बलात्कार गरेका थिए । उनले झण्डै सय वटा महिलाका शव बलात्कार गरेका थिए । तर यसबारे कसैलाई थाहा भएन ।

shab balatkar h1e54GdMK7
वेन्डी नेल (बायाँ) र क्यारोलिन पियर्स (दायाँ), जसलाई डेभिड फुलरले सन् १९८७ मा निर्ममतापूर्वक हत्या गरे र पछि शवलाई बलात्कार गरे। 

फुलरले सन् १९८९ देखि १२ वर्षसम हेथफिल्ड अस्पतालका दुई वटा मुर्दाघरमा ल्याइएका महिलाका शवसँग घृणित कार्य गरेका थिए । उनी त्यहाँका प्राविधिक थिए । अनुसन्धानबाट पत्ता लागेअनुसार फुलर मुर्दाघरमा राति अबेरसम्म काम गर्थे, जतिबेलासम्म अन्य कर्मचारी घर गइसकेका हुन्थे । यो घटना अनुसन्धानका लागि इङल्याण्ड प्रहरीलाई २.५ मिलियन युरो खर्च लागेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७