चक्कु प्रहारबाट युवकको मृत्यु, हत्यारा फरार


२४ कार्तिक २०७८, बुधबार
death

कैलाली, २४ कात्तिक । कैलालीका टीकापुरमा एक युवाको हत्या भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मंगलबार साँझ चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेकोे सापकोटाले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७