टीकापुरमा युवकको हत्या : मेजरसँग झगडा गरेका होटल सञ्चालकका छोरासहित संलग्न


२४ कार्तिक २०७८, बुधबार
Bhupendra Baduwal Kailali

कैलाली, २४ कात्तिक । कैलालीको टीकापुरमा चक्कु प्रहार गरी एक युवकको हत्या अभियोगमा होटल सञ्चालकसहित ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार लम्कीचुहा नगरपालिका–१ का निवासी युवा भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको अभियोगमा ५ युवक र होटल सञ्चालक पनि समातिएका हुन् ।

चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेश पनि उक्त प्रकरणमा पक्राउ परेका अधिकारीले बताएका छन् । ‘युवकको हत्या घटनामा होटल सञ्चालक दम्पती र छोरा नवीन पनि संलग्न भएको पाएका छौं’, अधिकारीले भनेका छन्, ‘अहिले छोरा नवीनको खोजी गरिरहेका छौं ।’ युवकको मृत्युपछि स्थानीयले संगम होटलमा तोडफोड प्रयास गरेका थिए । घटनास्थलमा भेटिएको स्कुटी पनि हर्कबहादुरका छोरा महेशको रहेको खुलेको छ ।

samgam hotelm

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार युवकमाथि चक्कु प्रहार गरेर हत्या गरेको अभियोगमा आर्यन देवकोटासहित पाँच युवक समातिएका हुन् । आइतबार राति नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाहीसँग होटलका सञ्चालक रावल पनि विवादमा मुछिएका थिए ।

होटल सञ्चालकको विवादका क्रममा आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको गाडीमा क्षति पुर्‍याएका थिए । हर्कबहादुरका छोरा नवीन र महेशसहितका स्थानीयले प्रतिकारमा उत्रिँदा शाहीको टाउको पनि फुटेको थियो । एसपी अधिकारीले पुरानो रिसिबीका कारण दुई समूहबीच झडप भएको बताए । टीकापुरस्थित कृषि हाटबजार नजिकै बडुवाललाई ४–५ जनाको समूहले लखेटेर चक्कु हानेका थिए ।

बडुवालमाथि चक्कु प्रहार गर्नेमध्येमा चिसापानीको संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा नवीन रहेका खुलेको छ । घटनामा संलग्न महेश पनि हर्कबहादुरका कान्छा छोरा हुन् । गत आइतबार हर्कबहादुरका छोरासहितले मेजर शाहीको गाडी तोडफोड गरेका थिए । मदिराले मातेका शाहीले आइतबार राति संगम होटल सञ्चालक हर्कबहादुर रावलसँग झगडा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७