भारतले अनुमति नदिए लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना अनुमानका आधारमा


२४ कार्तिक २०७८, बुधबार
tathyanka

काठमाडौं, २४ कात्तिक । केन्द्रीय तथ्यांक विभागले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि तथ्यांक संकलन गर्ने जनाएको छ । सो क्षेत्रको तथ्यांक संंकलन गर्न भौतिक उपस्थिति हुन नसके वैकल्पिक माध्यमबाट भए पनि संकलन गरिने विभागले जनाएको छ ।

शुरुमा कूटनीतिक माध्यमबाट त्यहाँ गएर नै जनगणना गर्न प्रयास गरिने र त्यो हुन नसके सेटलाइटका माध्यमबाट जनगणनामा सहभागी बनाइने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले सो क्षेत्रमा जान भारतीय सेनाले दिएको छैन ।

त्यसैले त्यहाँ जान कूटनीतिक प्रयास भइरहेको उनले बताए । ‘सो क्षेत्रमा जान सकिएन भने पनि सेटलाइटका माध्यमबाट भए पनि सो क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौं’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । उनका अनुसार सो क्षेत्रमा करिब ८०० परिवार रहेको प्रारम्भिक तथ्यांक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७