भिरबाट लडेर मृत्यु


२५ कार्तिक २०७८, बिहीबार

दाङ, २५ कात्तिक । भिरबाट लडेर दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१ पातेघारका ७० वर्षीय जरसिङ कामीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी आफ्नै घर नजिकको बारीमा घाँस काट्ने क्रममा बुधबार भिरबाट खसेका थिए ।

खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनलाई मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । यसबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच पाल्पामा पनि एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । निस्दी गाउँपालिका–४ आमडाँडा बस्ने ७१ वर्षीय विष्णुबहादुर सुनारी आफ्नै घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । कात्तिक २० गते घरबाट हिँडेका उनी फर्केर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७