महाधिवेशनले राष्ट्रिय आकांक्षा पूरा गर्न सक्षम नेतृत्व खडा गर्छ : ओली (भिडियो)


२७ कार्तिक २०७८, शनिबार
kp oli DNAmWG8QuS

काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम शक्ति खडा गर्ने दाबी छन् ।

मंसिर १० देखि १२ गतेसम्म हुने ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको बताउँदै ओलीले यसबाट पार्टी निर्माण, विस्तार र एकता प्रकृयालाई नयाँ उचाई प्रदान गर्ने स्पष्ट पारेका छन् ।

आज (शनिबार) को प्रतिनिधि छनोट अगाडि अध्यक्ष ओलीले ०७४ सालको आम निर्वाचनमा एमालेले सुखी नेपाली, समृद्ध नेपालको स्थापना भन्ने परिकल्पना गरेको उल्लेख गरेका छन् । उनले एकता प्रकृयापछि पार्टीको शीर्ष तह, सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीले एकीकरणलाई पूर्णता दिने नभई पार्टी कब्जा गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरेको टिप्पणी गरेका छन् ।

ओलीले भनेका छन्, ‘२०७५ जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको सन्दर्भ पारेर कम्युनिष्ट आन्दोलनको दुई मूलधारबीच एकीकरण गरेका थियौं । तर हाम्रो अपेक्षा विपरीत, इतिहासको दुःखद् अध्याय दोहरियो । दोश्रो राष्ट्रिय महाधिवेशनपछि नेतृत्वमा पुगेका दक्षिणपन्थी अवसरवादीहरुले झैं, एकता प्रकृयापछि पार्टीको शीर्ष तह–सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीहरूद्वारा एकीकरणलाई पूर्णता दिने हैन, पार्टी कब्जा गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरियो ।’

ओलीले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता माथि निर्णायक विजय हासिल गरी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न आह्वान गरेका छन् ।

पूर्व प्रधानमन्त्री ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा बुझ्ने बताएका छन् ‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीवोध र अनुशासन सहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो ।’ उनले भने, ‘दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार हो ।’
भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७