मुख्यमन्त्री पद जाओस्,म बहुपहिचानबाट हट्ने छैन : मुख्यमन्त्री राई


२७ कार्तिक २०७८, शनिबार
rajendra kumar rai

काठमाडौं, २७ कार्तिक । प्रदेश १ का ले प्रदेश नामाकरणको विषयमा आफु बहुपहिचानबाट पछि नहट्ने बताएका छन् । काठमाडौंमा आज (शनिबार) आयोजित किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ठुलो नेताले भन्दैमा आफु बहुपचिनाबाट किमार्थ नहट्ने बताए ।

‘आज ठुलो नेताले भन्दैमा म बहुपचिनाको पक्षमा किमार्थ हट्ने छैन ।’ उनले भने, ‘चाहे मुख्यमन्त्री पद् जाओस्, चाहे अशोक राईले जस्तो पार्टी नै छोड्न परोस् म बहुपहिचानबाट हट्ने छैन ।’

आफ्नो पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको भन्दै उनले आफु संगठित रहेको पार्टीले तीन ओटा चुनाव बहुपहिचानको नाम दिन्छौ भनेर जनताबाट भोट पाएर चुनाव जितेको उल्लेख गरे ।

पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने अनि पहिचानलाई लत्याउने हो भने त्यो भन्दा ठुला धोका र अनैतिक कार्य अरु हुन नसक्ने उनको भनाई छ । ‘सुम्निमा पारुहाङको कसम खानुपर्छ कि माटोको कसम खानुपर्छ तपाईहरुले देख्ने गरी पहिचानको पक्षमा उभिनेछु ।’ उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७