इलामबाट छानिए २१ एमाले महाधिवेशन प्रतिनिधि (सूची)


२८ कार्तिक २०७८, आईतवार
ama

इलाम, २८ कात्तिक । नेकपा एमालेले आफ्नो १० औं राष्ट्रिय महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट गर्ने क्रममा इलामबाट २१ जना छानिएका छन् ।

एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले दिएको जानकारीअनुसार इलाममा महाधिवेशन प्रतिनिधि सर्वसम्मतिले छनोट गरिएको हो ।
थापाका अनुसार इलाममा छानिएका यी हुन् २१ जना महाधिवेशन प्रतिनिधि–

खुला : ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई।
महिला : कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई ।

दलित : बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । जसले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७