एमाले ओलीको प्राइभेट लिमिटेड हो, काँग्रेसँग प्रतिष्पर्धा गर्न सक्दैन : प्रदीप पौडेल


२८ कार्तिक २०७८, आईतवार
pradeep poudel

तनहुँ, २८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमाले केपी ओलीको प्रालि भएको टिप्पणी गरेका छन् ।
गृह जिल्ला तनहुँमा काँग्रेस म्याग्दे गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् । ‘एमाले भनेको केपी ओलीको प्रा. लि. (प्राइभेट लिमिटेड) हो । एउटा प्रालिले नेपाली काँग्रेस जस्तो पार्टीसँग कसरी प्रतिष्पर्धा गर्न सक्छ ?’, नेता पौडेलले भने ।

ओलीले आफूसँग असहमत भएका सबैलाई पार्टीबाट निकालिसकेको भन्दै एमालेले लोकतन्त्रको संरक्षण गर्न नसक्ने बताए । ‘ओलीले आफूसँग असहमत भएका सबैलाई पार्टीबाट निकालिसक्नु भो । जसले असहमति तथा आफ्नो भन्दा फरक मतलाई सुन्न सक्दैन त्यो मान्छे कसरी नेता हुन्छ ? त्यस्तो पार्टीले कसरी लोकतन्त्रको संरक्षण गर्न सक्छ ?,’ पौडेलको प्रश्न छ । ओलीले दुई तिहाईको सरकारको नेतृत्व गर्दा पनि देशले कुनै उपलब्धि हासिल गर्न नसकेको नेता पौडेलले दाबी गरे ।

उनले भने, ‘केपी ओलीले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि देशले एउटा पनि नयाँ उपलब्धी गर्न सकेन । दुई तिहाइ दिँदा त केही गर्न नसक्ने पार्टीले निर्वाचनमा गएर के भनेर भोट माग्ने ? दुई तिहाइ भन्दा बढी, के सय प्रतिशत चाहियो भन्ने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७