प्रचण्ड मेडिसिटीबाट डिस्चार्ज भए


२८ कार्तिक २०७८, आईतवार
prachanda2020 07 21 02 23 16

काठमाडौं, २८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
देशका विभिन्न जिल्लामा भइरहेका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले रक्तचाप बढेपछि दाहाल शनिबार अस्पताल भर्ना भएका थिए ।

स्वकीय सचिव गंगा दाहालले कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडको भोजपुरसम्मका कार्यक्रममा भाग लिने क्रममा भएको धपेडीले प्रचण्ड अस्पताल भर्ना भएका थिए । उनलाई डाक्टहरुले केही दिन घरमै आराम गर्न सुझाएका छन् । प्रचण्डले अब केही दिन घरमै आराम गर्ने जानकारी सचिवालयमार्फत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७