प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै, यस्तो छ अंक गणित


३० कार्तिक २०७८, मंगलवार
rajendra rai L76afrhC5a

मोरङ, ३० कात्तिक । प्रदेश–१ का नव निर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज (मंगलबार) विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयका अनुसार गत आइतबार मुख्यमन्त्री राईले विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराइसकाले आज बस्ने प्रदेशसभा बैठकमा त्यसमा छलफल हुनेछ ।

यसअघिका मुख्यमन्त्री एमाले नेता भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राई यही कात्तिक १६ गते प्रदेश १ को सरकारको नेतृत्वमा पुगेका हुन् । राईले विश्वासको मत लिएपछि मात्र गठबन्धनको सहमतिमा प्रदेशको मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् । राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले उनलाई समर्थन गरेका छन् ।
के छ अंक गणित ?
प्रदेश–१ को प्रदेशसभामा हाल कायम सदस्य संख्या ९२ छ । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँच दलीय सत्ता गठबन्धनसँग ५० सांसद छन् । गठबन्धनमा रहेका कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक सांसद छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४१ जना सांसद छन् । यसमा पनि एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा ३९ मात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत पाउने अवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७