ठूला लगानीकर्ताको चलखेलले फस्दै साना लगानीकर्ता


२९ फाल्गुन २०७४, मंगलवार
bearish trend

काठमाडौं, २९ फागुन : अर्थ बजारलाई आफ्नो अनुकूल बनाउन ठूला लगानीकर्ताहरुको चलखेल बढ्दै गएको छ ।
बजारमा क्षणिक रुपमा घटबढ गराउँदै केही लगानीकर्ताले च्याखे थाप्ने प्रबृति पछिल्लो समय बढ्दै गएको अर्थ क्षेत्रका जानकार बताउँछन् ।bearish trend

पछिल्लो समय बजारमा तरलता अभाव तथा अनुत्पादक जस्ता विषय उठान गर्दै केही ठूला लगानीकर्ताले चलखेल गर्न थालेका एक लगानीकर्ताको भनाइ थियो । ‘बजारमा आधा–आधा घण्टाको फरकमा दोहोरो अंकको घटवढ भइरहेको छ,’ एक लगानीकर्ताले भने, ‘बजारमा यसरी चलखेल हुँदा साना लगानीकर्ता नराम्ररी फस्न पुगेका छन् ।’ ‘अहिले बजार केही सीमित व्यक्तिहरुले जे भन्यो सोही अनुरुप चलिरहेको छ,’ ती लगानीकर्ताको गुनासो थियो, ‘बजार शुरु हँुदा उच्च रुपमा घट्छ अनि एकछिन एकै छिनमा बढाइन्छ ।’

अहिले बजारमा के गर्ने भन्ने विषयमा साना खालका लगानीकर्ताका आन्यौलता सिर्जना भएको उनको भनाइ थियो । केही लगानीकर्ताले थोरै कित्ता शेयर धेरै अंक घटेर बेच्ने र त्यसमै साना लगानीकर्तालाई अन्यौल सिर्जना गरी पुनः बढाएर बेच्ने क्रम बढेको ती लगानीकर्ताको तर्क थियो । केही सीमिति व्यक्तिले घट्दो बजारमा पनि चलखेल गरेर कमाउने क्रम बढेको उक्त स्रोतको दाबी थियो । पछिल्लो समय नियामक निकायले बजारप्रति कुनै चासो नदिदा पनि साना लगानीकर्तामा अन्यौलता सिर्जन भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७