एक–दुई व्यक्तिका कारण न्यायालयलाई विकृत बनाउनु हुँदैन : प्रकाशमान सिंह


१ मंसिर २०७८, बुधबार
Prakash man shingh
फाइल फोटो

विराटनगर, १ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।

विराटनगर विमानस्थमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताए । एक / दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाइ थियो ।
‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिकामा भइरहेको विवादको मुकदर्शक हुनु हुँदैन,’ नेता सिंहले भने, ‘विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नु पर्दछ ।’

वर्तमान अवस्थामा ‘अर्ली इलेक्सन’ को सम्भावना नभएको भन्दै उनले अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए । पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहोर्‍याउँदै नेता सिंहले वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरीमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७