म प्रधानमन्त्री नभए पनि गठबन्धनमा शक्तिमै छु : प्रचण्ड


१ मंसिर २०७८, बुधबार
Prachanda 2

महोत्तरी, १ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री नभए पनि शक्तिशाली नै रहेको दावी गरेका छन् । गठबन्धनमा आफू शक्तिशाली भएको कारणले विकास निर्माण कार्यमा कुनै समस्या नहुने बताउँदै उनले चुरे दोहनमा राजनीति लागेको भएको पनि दावी गरे । बुधबार महोत्तरीमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

उनले तराई मधेशमा ऊर्जा र सिँचाइका लागि काम गर्ने पनि बताए । समग्र मधेशमा सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको बताउँदै उनले मिटरव्याजीबाट पीडित किसानहरुले आफूलाई सबै कुराको जानकारी गराएको बताए । प्रदेश–२ माओवादी केन्द्रको कब्जामा नआएसम्म मधेशको कुनै कल्याण नहुने दावी गर्दै उनले प्रदेश–२ मा पार्टीलाई सबभन्दा बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

संविधान संशोधनका लागि कसैले धोकाधडी गरे फेरि सडकबाट त्यसलाई गलहत्याइने चेतावनी दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले मधेशीका लागि संविधान संशोधन नगरेको कारण जनताले सडकबाटै हटाइएको जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७