बिना उपचार आश्चर्यजनक तरिकाले ठी भयो एचआइभी एड्स

‘एचआइभी हट्न सक्छ ?’


३ मंसिर २०७८, शुक्रबार
hiv

काठमाडौं, ३ मंसिर । अर्जेन्टिनाकी एक महिलाको बिना कुनै औषधि या उपचार विधि एचआइभी एड्स आफैं ठीक भएको छ । यो यस किसिमको विश्वकै दोस्रो दुर्लभ घटना भएको बताइएको छ । डाक्टरहरुको अनुमानमा ती बिरामीको प्रतिरोधात्मक प्रणालीले आफैँ भाइरसलाई हटाउन सफल भएको हो ।

यसरी उनका एक अर्ब भन्दा बढी सेल्सहरुमा गरिएको परीक्षणपछि उनमा एचआइभी संक्रमणको कुनै निशान देखा नपरेको ‘आर्काइभ्स अफ इन्टरनल मेडिसिन’ को रिपोर्टमा उल्लेख छ । यदि यसको प्रक्रिया पत्ता लाग्ने हो भने वास्तवमै एचआइलाई प्रभावकारी रुपमा ठीक गर्ने या हटाउन सम्भावित तरिका भेटिनेछ ।
‘एचआइभी हट्न सक्छ ?’
यो खोजले अर्को के प्रमाणित गरेको छ भने केही मानिसहरुसँग एचआइभीलाई सफलतापूर्वक हटाउन प्राकृतिक क्षमता हुन्छ । त्यस्तै कतिको चाहिं जिनले नै संक्रमणबाट जोगाउन सक्छ । तर एचआइभीबाट संक्रमित अधिकांश बिरामीलाई जीवनभर ‘एन्टिरेट्रोभाइरल थेरापी’ को आवश्यकता पर्दछ । र यसमा उनीहरुले औषधि खान छाड्ने बित्तिकै भाइरस फेरि जागेर समस्या उत्पन्न गराउँदछ ।

पछिल्ला केही वर्षहरुमा त्यस्ता बिरामी फेला परिरहेका छन् जसले मेडिकल सहायता लिएर तर एचआइभीको औषधि नखाइ भाइरसलाई दबाउन सकिरहेका छन् । जस्तै लन्डनका एडम केस्टिलेजोले ‘डोनर स्टेम–सेल’ को उपचार प्राप्त गरिसकेपछि आफ्नो एचआइभी औषधि छाडेका हुन् । यो एक किसिमको क्यान्सर थेरापी हो जसक्रममा एचआइभी संक्रमित सेल्सहरु नष्ट गरिएको थियो । यति मात्र नभएर उनलाई दान दिने व्यक्ति विश्वका १ प्रतिशत त्यस्ता मानिसमा पर्दथे जो एचआइभलाई सेलमा प्रवेश गर्न या संक्रमण गर्नै नसक्ने जिन लिएर जन्मिएका थिए ।

यसबाहेक स्यानफ्रानसिस्कोकी लोरीन विलेनबर्ग पनि आफ्नै प्रतिरोधात्मक प्रणालीको बलमा एचआइभी मुक्त हुन सकेकी थिइन् । त्यसैले यस्ता घटनाहरुले अन्य बिरामीमा पनि आशा दिलाइरहेको छ । यस अध्ययनका मुख्य खोजकर्ता डाक्टर छु युका अनुसार आफै भाइरसबाट मुक्त हुन असक्षम मानिसहरुका लागि यसले नयाँ बाटो खुलाइदिनेछ । तर अझैपनि एचआइभीबारे धेरै तथ्य अध्ययन गर्नै बाँकी रहेको विज्ञहरुले बताएका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७