कांग्रेस महाधिवेशन प्रतिनिधि : तरुण दलका अध्यक्ष बस्नेतसहित ११ जना चयन (सूची)


७ मंसिर २०७८, मंगलवार
jitjangh basnet 9oZII2GS5N

ललितपुर, ७ मंसिर । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका बस्नेत ललितपुर क्षेत्र नम्बर–३ बाट खुलातर्फ विजयी भएका हुन् । खुल्लातर्फ एक नम्बरमा मत ल्याएर बस्नेत विजयी भएका हुन् ।

महाधिवेशन प्रतिनिधि खुलातर्फ २६८ मत ल्याएर बस्नेत विजयी भएका हु्न् । ललितपुर–३ बाट खुलातर्फ अन्यमा उत्तम जोशी, जीतनारायण श्रेष्ठ, टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, ईश्वरी लौडारी र प्रकाश अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७