कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : मुख्य सचिवदेखि नेवि संघका पूर्व महामन्त्रीसम्म हारे


७ मंसिर २०७८, मंगलवार

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर–७ बाट खस–आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा पौडेल पराजित भएका हुन् ।

उनले ८३ मत ल्याएका छन् । सो क्षेत्रबाट नेविसंघ पूर्व महामन्त्री सरोज थापा पनि पराजित भएका छन् । उनले ३६ मत मात्र ल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर–७ बाटै आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि पराजित भएका छन् ।

उनी अखण्ड नेपालबाट कांग्रेस प्रवेश गरेका थिए । उनले ६० मत ल्याएका छन् । यस्तै सदस्य सीताराम केसी र डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्व अध्यक्ष भरत खरेल महाधिवेशन प्रतिनिधि चयन हुन नसकेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७