मुलुकको बजेट प्रणाली नै समस्याग्रस्त छ : अर्थमन्त्री


८ मंसिर २०७८, बुधबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं, ८ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको बताएका हुन् ।

उनले कोभिड–१९ पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रले खोजे जस्तो सहुलियत उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताए । ‘आर्थिक पुजरूत्थानमा सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन । राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पूरा गर्ने प्रयास जारी छ’” उनले भने ।

राष्ट्र निर्माण र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको उनको भनाइ थियो । नेपालको आर्थिक विकासका लागि स्रोत–साधन पर्याप्त भए पनि उपयोग गर्ने क्षमताको अभाव भएको उनले बताए ।

‘हामीसँग साधन, स्रोत, पुँजी, श्रम र बजारको पनि समस्या छैन । समस्या व्यवस्थापन को हो । व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी बढीभन्दा बढी उपयोग गर्ने क्षमताको अभाव नै समस्या हो’, उनले भने, ‘निजी क्षेत्रले यही स्रोत–साधन प्रयोग गरेर सफल भए । तर, सार्वजनिक संस्थान सफल हुन सकेनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७