शेयर बजार सामान्य बढ्यो, चार अर्ब २१ करोडको कारोबार


८ मंसिर २०७८, बुधबार
share
फाइल फोटो

काठमाडौं, ८ मंसिर । शेयर बजार परिसूचक नेप्से आज (बुधवार) उकालो लागेको छ । नेप्से आज एक दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ३४ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार र जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल समूहको शेयर दुई अङ्कले, विकास बैंक समूहको ४२ दशमलव ८१, जलविद्युतको २३, फाइनान्सको ३५, उत्पादनको २७, अन्यको साढे पाँच र माइक्रोफाइनान्स समूहको शेयर साढे तीन अङ्कले बढेको छ ।

आज दुई सय २७ कम्पनीका ७४ लाख ४५ हजार कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले बढेको छ । गोर्खाज फाइनान्सको शेयर भने साढे दुई प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७