‘अब पालो आर्थिक क्रान्तिको हो, पार्टी नेतृत्वमा उद्योगी-व्यवसायीको सहभागिता अनिवार्य छ’


९ मंसिर २०७८, बिहीबार
Bhagirath Sapkota 1 scaled

काठमाडौं, ९ मंसिर : नेकपा (एमाले) र उद्योगी व्यवसायीहरुमा परिचित नाम हो, भगीरथ सापकोटा । २०४६ सालमा प्रजातन्त्र पुन स्थापना भए लगत्तै अनेरास्ववियुको राजनीतिमा सक्रिय नेकपा (एमाले)का नेता सापकोटा हाल एमाले निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका महासचिवको जिम्मेवारीमा छन् ।

सापकोटा बि.स. २०४९ सालमा अनेरास्ववियु नवलपरासीका अध्यक्ष थिए । अनेरास्ववियु लुम्बीनिका अध्यक्ष हुदैं सापकोटा २०५६ सालमा अनेरास्ववियु केन्द्रीय कमिटीका कोषाध्यक्ष भए । उनी २०५७ सालमा अनेरास्ववियु अनुशासन आयोगका प्रमुखको जिम्मेवारीमा थिए । उतिबेला भएका राष्ट्रियताका पक्षमा भएका आन्दोलन, यातायातमा विद्यार्थीलाई छुट लगायतका अनेकौं अभियानका आन्दोलनका नेता मध्येका एक थिए ।
अनेरास्ववियुको राजनीतिपछि सापकोटा व्यवसाय क्षेत्रमा सक्रिय भए । एमाले निकट व्यवसायीहरुलाई संगठित र गोलबन्द गर्नका लागि उनी सक्रिय भए । उनी चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन लागेको एमाले १० औं महाधिवेशनका लागि प्रतिनिधि छन् । उनले यस पटक केन्द्रीय कमिटीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राजनीतिक क्रान्ति पुरा गरेर मुलुक आर्थिक क्रान्तिको बाटोमा गइरहेको सन्र्दभमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व पार्टीमा जरुरी रहेको कारण आफ्नो उम्मेदवारी रहेको महासचिव सापकोटाको भनाई छ । भन्छन्, ‘अबको हाम्रो कार्यभार राष्ट्रिय पुँजीको बिकास गर्दे मुलुकलाई समाजवादको बाटोमा लैजाने हो । कसरी राष्ट्रिय पुँजीको बिकास गर्ने ? यसमा पार्टीको भूमिका कस्तो हुन्छ ? यी तमाम बिषयमा अब निश्चित योजना बनाएर अघि बढ्नुपर्ने हुन्छ । यसको निम्ती व्यवसायीहरुको प्रतिनिधित्व नीतिगत तहमा जरुरी छ ।’

अब राष्ट्रिय पूँजीको बिकास गर्दै समाजवादमा जानको निम्ती व्यवसायीहरुको भूमिका पार्टीमा महत्वपूर्ण हुने उनको दाबी छ । भन्छन्, ‘अब आर्थिक क्रान्तिमा मुलुकलाई लैजानको निम्ती पार्टीमा उद्यमी–व्यवसायीहरुको भूमिका पहिला हुनुपर्छ भन्ने मेरो दाबी हो ।’

हरेक कार्यकर्ताहरुलाई उत्पादसँग जोड्नु आजको आबश्यकता रहेको उनको भनाई छ । ‘नेता तथा कार्यकर्ताहरुलाई उत्पादनमा जोड्नका लागि पनि नीतिगत स्थानमा उद्योगहरुको प्रतिनिधित्व जरुरी छ,’ उनले भने । यही सन्र्दभमा महासचिव सापकोटासँग गरिएको कुराकानी :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७