एमाले महाधिवेशन शुरु, बादलको स्वागत


१० मंसिर २०७८, शुक्रबार
thumb 4 1

चितवन, १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मूल व्यवस्थापन समितिका तर्फबाट रामबहादुर थापा ‘बादल’ ले स्वागत गरेका छन् ।

चितवनको नारायणी नदी किनारमा तयार गरिएको मञ्चमा अध्यक्ष केपी ओलीले अध्यक्षता गरे लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिका तर्फबाट थापाले स्वागत गरेका हुन् ।

माओवादी पृष्ठभूमिका नेता थापा नेकपाको एकता भंग हुने गरी सर्वोच्च अदालतको फैसलापछि एमालेमै बसेका थिए । ओलीले थापालाई नै पार्टीको महाधिवेशन मूल आयोजक समितिको संयोजक बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७