जिम्मेवार राजनीतिक दलको रुपमा एमालेलाई हेर्न पाइयोस् : प्रधानमन्त्री


१० मंसिर २०७८, शुक्रबार
deuwa

चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने बताएका छन् । चितवनमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय समाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश र जनतासँग जोडिएका मुद्दामा सबैको समानता हुनुपर्ने बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन आयोजनाको बधाई दिँदै दलहरुबीच छलफल र सद्भाव निकाल्न चाहेको बताए ।
‘लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका छौं । यसलाई संस्थाग गर्ने जिम्मेवारी हामी सबै राजनीतिक दलको छ । हामीहरुबीच मत भिन्नता छन्, त्यसैले हामी अलग–अलग दलमा आबद्ध छौं । तर राष्ट्रिय स्वाधीनताको रक्षा गर्न हामी सबै पार्टीको लक्ष्य एउटै हुनुपर्छ । देश र जनतासँग जोडिएका मुद्दामा हामीबीच समानता हुनुपर्छ,’ उनले भने ।

उनले सरकार नागरिकको जीवन रक्षा गर्न कटिबद्ध रहेको बताउँदै देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । उनले एमालेलाई जिम्मेवार दलका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । ‘नयाँ संविधानमार्फत् लोकतन्त्रका मूल्य–मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेदार राजनीतिक दलको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७