कांग्रेस महाधिवेशन : ललितपुर सभापतिमा आज तीन जनाबीच प्रतिस्पर्धा हुँदै


११ मंसिर २०७८, शनिबार
Jitendra ram krishna and meen krishna

ललितपुर, ११ मंसिर । कांग्रेस ललितपुरको सभापति चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । कांग्रस जिल्ला सभापतिका लागि ललितपुरमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

१४औं महाधिवेशन अन्तर्गत हिजो तीन जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । त्यसमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारले उम्मेदबारी दिएका हुन् । श्रेष्ठ र महर्जन कांग्रेस नेता उदय शम्शेर राणा निकट छन् । चित्रकारलाई जिल्ला सभापति मदन अमात्यको समर्थन रहेको कांग्रसका स्थानीय नेताले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७