एमाले महाधिवेशन : पदाधिकारीमा सर्वसम्मति, बाँकीमा चुनावको सम्भावना

‘ब्याक’ हुन तयार छन् भीम रावल ?


११ मंसिर २०७८, शनिबार
bhim rawal oli

चितवन, ११ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत आज (शनिबार) बन्द सत्र शुरु हुँदैछ । त्यससँगै चुनावी प्रक्रिया अगाडि बढ्ने छ । एमाले केन्द्रीय कमिटीको मध्यरातको बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेसँगै नयाँ नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना बढेको छ । पदाधिकारीमा सर्वसम्मति गरेर बाँकी पदका लागि चुनाव हुने सम्भावना देखिएको नेताहरुले बताएका छन् ।

ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी ओलीको छ । ओलीले आफूलाई अध्यक्षमा टक्कर दिने घोषणा गरेका भीम रावलसहित सुवास नेम्वाङ, रामबहादुर थापा बादल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् । महासचिवमा शंकर पोखरेल आएमा विष्णु पौडेललाई पनि उपाध्यक्ष बनाउने तयारी ओलीले गरेका छन् । तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, घनश्याम भुसाल र पृथ्वी सुब्बा गुरुङको सम्भावना बलियो छ ।

महासचिवको टुङ्गो अझैसम्म लाग्न सकेको छैन । तर, नेता शंकर पोखरेलले यसमा सहमति बन्ने बताएका छन् । उनले विष्णु पौडेलसँग प्रतिस्पर्धा नहुने बताएको स्रोतले जानकारी दिएको छ ।

पदाधिकारी बाहेक केन्द्रीय सदस्यका लागि भने निर्वाचनमै जानुपर्नेमा ओलीले जोड छ । उनले हिजोको केन्द्रीय कमिटी बैठकमा भनेका छन्, ‘केन्द्रीय सदस्यमा सहमतिको जोड लगाइयो भने युवाहरू छुट्ने छन् । त्यसैले केन्द्रीय सदस्यमा चुनाव गरे फरक पर्दैन ।’
पदाधिकारी थपेर सहमतिको प्रयास
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गएराति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद संख्या बढाउने प्रस्ताव बन्द सत्रमा पेश गर्ने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय)मा १९ सदस्य हुनेछन् ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १ /१, उपाध्यक्ष : ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ । आज बिहान १० बजे बन्दसत्र सुरु गर्ने र सुरुमा विदेशी पार्टी र प्रतिनिधिका तर्फबबाट शुभकामना लिइने जनाइको छ । आउँदै गरेको निर्वाचनलाई ध्यानमाा राखेर विधान संशोधन गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७