निर्वाचनमा अरुची व्यक्त गर्दै ओलीले भने, ‘वडा र पालिकाकै जस्तो सर्वसम्मत बनाऔं’


११ मंसिर २०७८, शनिबार
KPolibandasatra1 20211127120246

चितवन, ११ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर राजनीतिक विकृति–विसंगतिलाई अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

चितवनमा जारी दशौं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयनमा अरुची व्यक्त गरेका छन् । उनले भने, ‘यस बन्द सत्रको अन्तिम चरणमा छौं । हाम्रो पार्टी सबै प्रतिकूलतासँग जुध्न हिम्मतका साथ देशको नेतृत्व गर्ने दिशामा पार्टी अघि बढिरहेको छ । पार्टीलाई विचार, काममा एकरुपता, भावनामा एकता हुन जरुरी छ । हाम्रा उद्देश्यहरुमा सबै एकरुपता नै छन् । स्थानीय तहमा रहेको पार्टी चलायमान भएको छ । वडा अधिवेशनहरु सम्पन्न गर्‍यौं ।’

उनले पार्टीभित्र लोकतन्त्रको प्रयोग भएको बताए । ‘एकताका साथ अघि बढ्नु लोकतन्त्र हो । आन्तरिक एकता प्रमुख हो । एकताका लागि समझदारी चाहिन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन, आन्तरिक एकता मुख्य कुरा हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७