ओलीले आज एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गर्दै, के गर्लान् भीम रावल ?

असन्तुष्ट नेताहरूलाई निर्वाचनमा जान दिइने


१२ मंसिर २०७८, आईतवार
UML 4

चितवन, १२ मंसिर । चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आज (आइतबार) केपी ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्ने भएका छन् ।

विरोधका बीच टुंगिएको पहिलो दिन शनिबारको बन्द सत्रले ओलीलाई एमालेका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिएको हो । यसअनुसार उनले आज आइतबार पुनः हुने बन्द सत्र भेलामा अनुमोदनका लागि नयाँ नेतृत्वको सूची पेस गर्ने भएका हुन् । शनिबार राति अबेरसम्म जारी बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयनको अधिकार केपी ओलीलाई दिने नेता विष्णु पौडेलको प्रस्ताव धेरैजसो प्रतिनिधिले ताली बजाएर अनुमोदन गरेका हुन् ।

तर असन्तुष्ट नेताहरूलाई निर्वाचनमा जाने अधिकार दिइने बन्द सत्रमा सहभागी एक नेताले जानकारी दिएका छन् । साविक उपाध्यक्ष भीम रावल शनिबार अबेर रातिसम्म अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन् । सर्वाधिकारसहित अघि बढेका ओलीका अगाडि अब अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले के गर्लान् भन्ने चासो बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७