ओलीलाई नेम्वाङको सन्देश : तपाई बाहेक एमालेमा म भन्दा ‘सिनियर’ नेता अरु कोही छैन

वरिष्ठ उपाध्यक्षका दाबेदार ईश्वर र सुवासले छाडेनन् अडान


१२ मंसिर २०७८, आईतवार
ishwor and subash 600x321 1

चितवन, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार ईश्वर पोखरेल र सुवास नेम्वाङसँग आइतवार पनि छलफल गरेका छन् । आइतवार मध्यान्ह ओलीले पहिले पोखरेल र त्यसपछि नेम्वाङसँग छलफल गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा एक्लै रेसमा रहेको दाबी गरिरहेका पोखरेललाई नेम्वाङको चुनौतीले तनाव भएको छ । यस्तोमा ओलीले नेम्वाङलाई ब्याक गराउन राष्ट्रपतिसम्मको अफर गरेका छन् । तर नेम्वाङले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् ।

त्यहीकारण नेम्वाङलाई सम्झाउन ओलीले अर्का नेता शेरधन राईसहितलाई लगाइरहेका छन् । शेरधनहरुले सम्झाउँदा पनि नेम्वाङले आफ्नो दाबीबाट पछि नहट्ने अडान कायमै राखेका छन् । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् ।

पूर्व सभामुख समेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश–१ का पूर्व मुख्यमन्त्री समेत रहेका शेरधन राईले अध्यक्ष ओलीलाई भेटेको एक नेताले जानकारी दिए । नेम्वाङको तर्क छ, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७