साझा उम्मेद्वारबारे केहि दिनमै केहि न केहि निर्णयमा पुग्छौं : रामचन्द्र पौडेल

कांग्रेस रुपान्तरणका लागि पौडेलले ल्याए १० प्रस्ताव


१२ मंसिर २०७८, आईतवार
kadfsmjkdmkgm1638093117

काठमाडौं, १२ मंसिर । १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको रुपान्तरणका लागि १० वटा सूत्र प्रस्ताव गरेका छन् ।

पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले रूपान्तरणका लागि १० सूत्र अघि सारेका हुन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले ‘कांग्रेसको अबको बाटो’ भन्दै १० सूत्र सार्वजनिक गरेका हुन् । पौडेलले आफूले लोकतन्त्र र समाजवादको पक्षमा जीवनभर वकालत गरेको, तर अहिले भने पार्टीभित्रै लोकतन्त्रमाथि चुनौती पैदा भएको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला नेताहरु रामशरण महत, कमला पन्त, अर्जुनरसिंह केसी, जीवन परियारलगायतको उपस्थिति रहेको थियो । महाधिवेशनमा नीति र कार्यक्रम बारे छलफल नहुने अवस्था आएकाले छलफलका लागि आफूले १० बुँदै प्रस्ताव अघि सारेको पौडेलको भनाई छ । कांग्रेसले महाधिवेशनबाट नेतृत्व मात्रै चयन गर्ने र पछि विधान महाधिवेशन गर्ने जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई–चार दिनभित्रै साझा उम्मेदवारबारे निर्णयमा पुग्ने बताएका छन् । पौडेलको ‘नेपाली कांग्रेसको अबको बाटो’ अवधारणा पत्र सार्वजनिक कार्यक्रममा आइतवार पत्रकारहरुको जिज्ञासा मेटाउँदै यसो भनेका हुन् । ‘२-४ दिनभित्र केही न केही निर्णयमा पुग्छौं, उनले भने, ‘अहिले पनि हामी सल्लाह र परामर्शमा छौं ।’

महाधिवेशन आउन दुई साता पनि समय नरहँदा पौडेल पक्षले अझै पनि सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्न सकेको छैन । उनी आफैंसहित यो समूहमा अहिले प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालासहित सभापतिका दाबेदार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७