दोस्रोपल्ट केन्द्रीय कमिटीको सूची ‘प्रिन्ट’ पछि विष्णु पौडेलले भने, ‘सहमति जुट्यो’

एमाले अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षसहित अरु पद खाली


१२ मंसिर २०७८, आईतवार
bisnu WTBgkBmmbt

चितवन, १२ मंसिर । एमाले उपमहासचिव विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची दोस्रो पटक ‘प्रिन्ट’ गरेका छन् । अध्यक्ष मण्डलको बैठकपछि पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची फेरि ‘प्रिन्ट’ गरेका हुन् । एमालेका उपमहासचिव पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुङ्गो लागेको दावी गरेका छन् ।

सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुङ्गो लगाएपछि एमाले नेता पौडेल दोस्रो पटक नामावली प्रिन्ट गर्न रिसेप्सनमा झरेका थिए । दिउँसो जस्तै नाम प्रिन्ट गरेर उनी अध्यक्ष ओलीलाई देखाउने माथ्लो तल्लामा चढेका छन् ।
केन्द्रीय सदस्यहरुको नाम प्रिन्ट गर्न झरेका पौडेललाई सोधे–सहमति जुटेको हो ? जवाफमा उनले सहमति जुटिसकेको बताएका छन् ।

विष्णु पौडेलले नामावली प्रिन्ट गराउनुअघि लाग्दा पार्क सफारी रिसोर्टबाट ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवालीलगायतका नेताहरु बाहिरिएका थिए । अहिले केपी ओली, शंकर पोखरेल र विष्णु पौडेल मात्रै पार्क सफारी रिसोर्टमा छन् । नयाँ प्रिन्ट गरिएको सूचीमा अध्यक्षमा केपी शर्मा ओलीको नाम छ ।

तयार पारिएको सूची बन्द सत्रमा पेस गर्ने तयारी भइरहेको छ । तर, ८ बजेका लागि बोलाइएको बन्द सत्र अझै शुरु भइसकेको छैन । भर्खर बन्द सत्रको तयारी भइरहेको छ । जसका कारण सुरक्षा सतर्कता बढाइएको छ । आकांक्षी धेरै भएपछि ओलीलाई सर्वसम्मत बनाउन सकस परेको छ । ओलीलाई आफ्नै समूहका नेताको व्यवस्थापन गर्न हम्मे परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७