इङलिस प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर युनाइटेडले अंक बाँडे


१३ मंसिर २०७८, सोमबार

काठमाडौं, १३ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
गए राति भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६९ औं मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अङ्क जोडेको छ । युनाइटेड १८ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७