२६ करोड बुझाउन एयर एशियालाई ७ दिने अल्टिमेटम


३० फाल्गुन २०७४, बुधबार
air asiya

काठमाडौं, ३० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एयर एसिया प्रालि नेपालाई २६ करोड रुपैयाँ बक्यौता तिर्न पुनः ७ दिनको म्याद दिएको छ । एयर एशिया प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय (टीआइए) लाई सेवा शुल्क लगायतका शुल्क नतिरेपछि २०७४ फागुन २५ सम्मको समयसीमाश तोकेको थियो । टीआइएले फागुन २५ भित्र बक्यौता नतिरे एयर एशियाका उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

air asiya
फागुन २५ भित्र बैंक ग्यारेन्टी पेश नगरे फागुन २७ बाट एयर एशियाका उडान नेपालमा बन्द गर्ने तयारी टीआइएले गरेको थियो । तर फागुन २५ मा एयर एशिया एक्सको मुख्य कार्यालय मलेसियाका सीईओले नै ७ दिनसम्म बक्यौता तिर्ने पत्र पठाएपछि टीआइएले उसलाई पुनः ७ दिनको समय दिएको हो । एयर एशियाले मागेको समय बिहीबार ७ दिन पुग्दैछ । मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सिधा उडान गर्दै आएको उक्त कम्पनीले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्षयताको बक्यौता २६ करोड रुपैयाँ टीआइएलाई तिर्न बाँकी रहेको छ ।

‘एयर एशियाको मुख्य कार्यालयका सीईओले नै ७ दिनभित्र बक्यौता टीआइएलाई बुझाउने पत्र पठाएकाले उडान बन्द नगरिएको हो, यदि सीइओले भनेको दिन बिहीबारसम्म बैंक ग्यारेन्टी पेश नगरे उडान बन्द गरिनेछ ।’

एयर एसिया एक्सले काठमाडौंमा हप्तामा ४ वटा उडान भर्दैै आएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले भने–‘एयर एशियाको मुख्य कार्यालयका सीईओले नै ७ दिनभित्र बक्यौता टीआइएलाई बुझाउने पत्र पठाएकाले उडान बन्द नगरिएको हो, यदि सीइओले भनेको दिन बिहीबारसम्म बैंक ग्यारेन्टी पेश नगरे उडान बन्द गरिनेछ ।’

एयर एशियाले टीआइएका यसअघिका महाप्रबन्धक देवानन्द उपाध्यायलाई घुस खुवाएर बक्यौता नतिरेका कारण २६ करोड पुगिसकेको छ । एयर एशियाबाहेक अरु केही एयरलाइन्सलाई बक्यौता तिर्न बाँकी छ । टीआइएले एयरलाइन्सहरुसँग २८ करोड बक्यौता असुली गर्न बाँकी रहेको छ । त्यसमा सबैभन्दा धेरै एयर एशियाकै रहेको टीआइएका अधिकारीले बताएका छन् ।

hariman lama air asia
हरिमान लामा

एयर एसिया प्रालिको नेपालस्थित जीएसएका सञ्चालक हरिमान लामा कालोसूचीमा परेका छन् । लामाको समूहद्वारा सञ्चालित इन्सेन्टिभ ट्राभल्स एन्ड टूरले एयर एसियाको जीएसए लिएर नेपालमा वायु सेवा सम्बन्धी काम गर्दै आएको छ ।

समूहका अध्यक्ष लामासहित गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामा समेत कालोसूचीमा परेका छन् । उनीहरुलाई सूचना केन्द्रले गत मंसिर ३ गते कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रको सि.नं.५६८७ र कालोसूची नम्बर १०१०५ मा उनीहरुलाई कालोसूचीमा राखिएको छ ।

याे पनि पढ्नुहाेस्
२६ करोड नतिरेपछि एयर एशियाका उडान बन्द गर्दै प्राधिकरण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७