म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु


१४ मंसिर २०७८, मंगलवार
Myagdi Jeep Accident

म्याग्दी, १४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जीप दुर्घटना हुँदा एक वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।
बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ ५ बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जीप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्य समेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । निलगिरी यातायात प्रालिको जीप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७