राहुल गान्धी भारतीय कँग्रेस पार्टीको प्रमुख बन्ने


२८ आश्विन २०७४, शनिबार

नयाँदिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडैँ नै पार्टीको अध्यक्ष बन्ने बताएकी छिन् ।

rahul gandhi
 

‘राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ’, सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भने ।
उनले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई यस्तो जानकारी दिए । सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गरे भने भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ ।
राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्ने बताइएको छ । यद्यपी राहुल गान्धी अहिले पनि भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७