ललितपुर हरिसिद्धीमा मूर्ति चोरी


१५ मंसिर २०७८, बुधबार
murti1638335560

ललितपुर, १५ मंसिर । ललितपुरको हरिसिद्धीस्थित एक मन्दिरको मूर्ति चोरी भएको छ । यस्तै अर्को एक मन्दिरको मूर्ति उखेलेर चोरी गर्ने प्रयास गरिएको छ ।

गए राति ललितपुर हरिसिद्धीमा रहको नारायण भगवानको मुल मूर्ति चोरी भएको हो भने सोही स्थानमा रहेको अर्को मन्दिरको मूर्ति पनि उखेल्न प्रयास गरिएको छ । हरिसिद्धिको दल्छीमा अवस्थित नारायण मन्दिरको मूर्ति चोरी भएको र पाखचा टोलमा भएको नारायण भगवानकै अर्को मन्दिरमा भने चोरीको प्रयास भएको छ ।

12

पाखचा टोलको नारायण मन्दिर परिसरमा रहेको सीसीटीभी क्यामेरा करिब दुई महिना अघि फुटाइएको स्थानीयले बताएका छन् । ‘करिब दुई महिना अगाडि सीसीटीभी फुटाइएको थियो । त्यसपछि केही दिन अगाडि नयाँ जडान गरिएको हो’, स्थानीय नन्दकुमारी महर्जनले भनिन्, ‘त्यसबेला खासै वास्ता भएन । अहिले मूर्ति चोरी भयो ।’

मूर्ति चोरी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरले अनुन्धानका लागि टोली पठाएको छ । प्रहरी टोलीले मूर्ति चोरीबारे अनुसन्धान गरेपछि विस्तृत विवरणबारे जानकारी दिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७