कांग्रेस महाधिवेशन : बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त, आज देउवाले सम्बोधन गर्दै


१६ मंसिर २०७८, बिहीबार
indra baniya bhimsendas jagadishwor kc Qc0vFghg6q

हेटौंडा, १६ मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेशको उद्घाटन हेटौंडामा हुने भएको छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको अधिवेशनको हेटौंडामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए । कार्यक्रम हेटौंडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहीबार बिहान ११ बजे हुने बताइएको छ । बागमती प्रदेश कार्यसमिति सभापतिका लागि त्रिपक्षीय भिडन्त करिब पक्का भएको छ।

प्रदेशको संरचनाअनुसार काँग्रेस प्रदेशको निर्वाचन यो पहिलो पटक हुँदैछ । प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्व सभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश सभापतिमा जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ । बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७