२३८ मा कोरोना संक्रमण, पाँच जनाको मृत्यु


१८ मंसिर २०७८, शनिबार
korona

काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरि ६,७९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५,२९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १,५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो । त्यस्तै एकै दिन पाँच जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९२ जना संक्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७