गण्डकी कांग्रेस सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी


१९ मंसिर २०७८, आईतवार
FFzkzzCVUAIhUES

पोखरा, १९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् । केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन् ।

मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो । शर्मा पौडेल कोइराला समूहका हुन् ।
४६ मत गन्न बाँकी रहँदै शुक्रराज शर्मा विजयी भएका हुन् । एक हजार १०० मत गणना हुँदा शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी अर्जुन जोशीको पक्षमा ५१० मत खसेको छ । सभामपतिमा विजयी शर्मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पक्षका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७