राप्रपा महामन्त्रीमा धवल शम्शेर राणा विजयी


१९ मंसिर २०७८, आईतवार
dhawal shamsher rana 2 dRRwdpj8VX

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २,२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।

राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७