अमेरिकामा गाडीको ठक्करबाट पूर्व गाविस अध्यक्षको निधन


२० मंसिर २०७८, सोमबार
aangkami sherpa WTzqsrcNPs 1

काठमाडौं, २० मंसिर । अमेरिकाको न्युजर्सीमा गाडीले ठक्करबाट एक नेपालीको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा न्युयोर्क निवासी ६४ वर्षीय आङकामी शेर्पाको मृत्यु भएको हो । उनको स्थायी घर सोलुखुम्बु हो । उनी त्यहाँको तत्कालीन टाप्टिङ गाविसका पूर्व अध्यक्ष पनि हुन् ।

घटना विवरणअनुसार हिजो आइतबार बिहान न्युजर्सीको वेस्ट विन्डसरमा स्क्वायर नजिकै यूएस १ पार गर्न खोज्दा शेर्पालाई गाडीले ठक्कर दिएको थियो । घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शेर्पा अमेरिकामा परिवारसहित १२ वर्षदेखि बसोबासरत थिए । उनका ठूलबाका छोरा दाइ एसी शेर्पाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७