आफ्ना मन्त्री फिर्ता नबोलाउने माओवादीको निर्णय


२८ आश्विन २०७४, शनिबार
Prachanda

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णय गरेकाे छ ।

Prachanda

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउने तथा संविधान कार्यान्वयन गराउने दायित्वका साथ सरकार गठन भएको ठहर गर्दै सो कार्यभारबाट विमुख हुन नहुने निष्कर्ष निकालेको हाे । बैठकपछि प्रवक्ता पम्फा भुसालले राष्ट्रिय दायित्वबाट पार्टी पछाडि हट्न नहुने बताएकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई कमल थापा लगायत ८ जनालाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेपछि माओवादी पार्टी सरकारबाट बाहिरिने धेरैले अनुमान गरेका थिए । नेकपा (एमाले)सँग वाम गठबन्धन गर्ने निर्णयपछि कांग्रेसले माओवादीले नैतिकताका आधारमा सरकार छाडिदिनुपर्ने बताउँदै आएको छ ।
यस्तै बैठकले निर्वाचनको संघारमा नै प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको निष्कर्ष निकालेको छ । निर्वाचन सम्पन्न गराउन पार्टी सरकारबाट हट्ने भन्ने कुरा हुन नसक्ने जनाउँदै माओवादी केन्द्रले निर्वाचन सम्पन्न गराउने शर्तमा मात्रै आफू सहभागी भइरहन जरुरी रहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७