भारत र रुसबीच रक्षा सम्झौतामा हस्ताक्षर, अब एके–२०३ एसल्ट राइफल भारतमै बन्ने


२० मंसिर २०७८, सोमबार
121982627 mediaitem1219826261638790378

नयाँदिल्ली, २० मंसिर । भारत र रुसबीच रक्षा सम्झौता भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणअघि भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका रुसी समकक्षी सर्गेइ शाइगूले सोमबार रक्षा सम्झौतामा हस्ताक्षर गरे ।

यसमा एक महत्वपूर्ण सम्झौता एके–२०३ एसल्ट राइफलसम्बन्धी भएको जनाइएको छ । रुसको सहयोगमा यो राइफल अब भारतमै निर्माण हुनेछ । यसबाहेक कलाशनिकोव श्रृङ्खलाको छोटा हतियारको निर्माणमा सहयोग बारेको सम्झौतामा संशोधनसम्बन्धी प्रोटोकललाई लिएर पनि एक सम्झौता भएको छ ।

सम्झौतापछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले रक्षासम्बन्ध द्विपक्षीय सम्बन्धको सबैभन्दा बलियो स्तम्भ भएको बताए । सोमबार रुसका राष्ट्रपति भ्लादमिर पुटिन २१ औं भारत–रुस वार्षिक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भाग लिन भारत जाँदैछन् ।
दुई देशका प्रमुखबीच अन्तरिक्ष, संस्कृति, विज्ञान प्रविधि र रक्षा क्षेत्रसहित अरू १० सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७