मोटरसाइकल चोरीमा संलग्न गिरोहका सात जना पक्राउ


२१ मंसिर २०७८, मंगलवार
bike chor giroha rBH3okH7lm

काठमाडौं, २१ मंसिर । काठमाडौंमा मोटरसाइकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गए राति काठमाडौंको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनले भने, ‘बेलुका बबरमहलबाट चोरेको मोटरसाइकल चोरसहित हामीले पक्राउ गर्न सफल भयौं । यो ७ जना भनेको काठमाडौंको ठूलै गिरोह हो । बाँकी अनुसन्धानको पाटो भएकाले उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’ त्यस अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७