लुटपाटमा संलग्न युवक पेस्तोलको गोलीसहित पक्राउ


२३ मंसिर २०७८, बिहीबार
pestol
प्रतिकात्मक तस्विर

धनुषा, २३ मंसिर । धनुषामा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवान रहेका छन् ।

गणेशमान चारनथ नगरपालिका-९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

अपरिचित ४/५ जना मानिसहरुको समूहले हात-हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटेका थिए ।

सो खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये पासवानलाई पक्राउ गरेको हो । पासवानको साथबाट सानो पेस्तोलमा लाग्ने ३ राउण्ड लोड भएको १ थान म्यागाजिन समेत प्रहरीले बरामद गरेको छ । लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७