कस्तो रहला आजको मौसम ?


२४ मंसिर २०७८, शुक्रबार

काठमाडौं, २४ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । शुक्रबार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार दिउँसो : प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार दिउँसो काठमाडौंको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने छ । काठमाडौंमा आज मौसममा बदली हुने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७