राजतन्त्रको भविष्य छैन, ज्ञानेन्द्रले पार्टी खोले हुन्छ : माधव नेपाल


२४ मंसिर २०७८, शुक्रबार
Madhav nepal 2

काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताएका हुन् ।

उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’ उनले नेपालमा अब राजनतन्त्रको भविष्य नभएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगामी तत्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे ।

‘प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु-फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैं विष्फोटमा जाग्ने छन्’, नेता नेपालले पूर्व राजालाई सङ्केत गर्दै भने, ‘राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ उनले नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्ने र लोकतन्त्रलाई सुदृढ गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७