ओमिक्रोनबाट बच्न दुई मात्रा खोप लगाउनु पर्ने


२५ मंसिर २०७८, शनिबार
korona khop 5

काठमाडौं, २५ मंसिर । कोरोनाको दुई मात्रा खोप लगाएर मात्र नयाँ भेरियन्टको ओमिक्रोनको संक्रमणबाट बच्न नसकिने बेलायती वैज्ञानिकहरुले चेतावनी दिएका छन् । उनीहरुले ओमिक्रोनको संक्रमणबाट बच्न कोरानोको दुवै डोज खोप मात्र पर्याप्त नभएको बताएका हुन् ।

बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको हो । तर, तेस्रो मात्राको खोप अर्थात बुस्टर लगाउँदा ७५ प्रतिशत व्यक्तिमा संक्रमणको नदेखिएको उनीहरुको निष्कर्ष छ ।

तेस्रो मात्रा खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी हुने उनीहरुको दावी छ । यसअघि फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप फाइजरको तेस्रो मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको थियो । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएर हाल विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म सबैभन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको हो ।

यो भेरियन्ट अघिल्ला भन्दा बढी संक्रामक रहेको देखिएको छ । तर उपलब्ध खोपले काम गर्ने वा नगर्ने या बुस्टर मात्रा लगाउँदा हुने प्रभावकारीताबारे अझै स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७