बालकृष्ण खाँणले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी


२५ मंसिर २०७८, शनिबार
balkrishna

काठमाडौं, २५ मंसिर । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा १४औं महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्य खुलाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनी हाल केन्द्रीय सदस्य नै छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७