एमाले प्रचार विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङ


२६ मंसिर २०७८, आईतवार
prithivi subba gurung
फाइल फोटो

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) ले प्रचार विभाग प्रमुखको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई दिएको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले नेताहरुको कार्यविभाजन गर्दै उपमहासचिव गुरुङलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी तोकेको हो ।

नवौं महाधिवेशनपछि योगेश भट्टराई प्रचार विभागमा प्रमुख रहेका थिए । गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् । प्रवक्तामा भने अर्का सचिव प्रदीप ज्ञवाली थिए । योगेश दशौं महाधिवेशनबाट सचिवमै दोहोरिएका छन् भने ज्ञवाली उपमहासचिव बनेका छन् ।

संघीयता कार्यान्वयनको सवालमा गुरुङ ओलीका कट्टर आलोचकका रुपमा चिनिन्छन् । ओली प्रधानमन्त्री भएका बेला केन्द्रमा मात्रै अधिकार राखेको भन्दै गुरुङले आलोचना गरेर चर्चामा आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७