कांग्रेस महाधिवेशन : मतदान नसकिएपछि राति ९ बजेसम्मका लागि थपियो समय


२७ मंसिर २०७८, सोमबार
matadan

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिकाअनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाइमा भएको ढिलाइका कारण झण्डै चार घण्टापछि मात्र शुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेस १४ औं महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७