आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश पेश गरिने


२८ मंसिर २०७८, मंगलवार
agni

काठमाडौं, २९ मंसिर । आज (मंगलबार) देखि शुरु हुने सङ्घीय संसद्को दशौं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश-२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश-२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ पेश गर्नुहुनेछ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश-२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्त्री पत्र पढेर सुनाउने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामावली मनोनयन बैठकको प्रारम्भमा हुनेछ ।

parliament eBlrmc7bMm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७